खेलकुद

मोरक्कोसँग पराजित भएपछि विश्वकपबाट पोर्चुगल बाहिरियो

काठमाडौं । जारी विश्वकप फुटबलको उपाधि दाबेदारका रुपमा लिइएको पोर्चुगल विश्वकपबाट बाहिरिएको छ ।

आज भएको खेलमा मोरक्कोसँग १–० गोलअन्तरले पराजित हुँदै पोर्चुगल बाहिरिएको हो । निर्धारित ९० मिनेटको खेल सकिदासम्म मोरक्कोका लागि पोर्चुगलविरुद्ध क्वार्टरफाइनलमा ४२ औं मिनेटमा युसेफले गोल गरेका हुन् ।

कतारको अल थुमामा रंगशालामा जारी क्वार्टरफाइनल खेलमा पहिलो हाफमा गोल खाएपछि दबाबमा परेको पोर्चुगलका स्टार खेलाडी रोनाल्डोलाई पहिलो हाफसम्म बेञ्चमै राखिएको थियो ।

तर, दोस्रो हाफमा रोनाल्डोको मैदान प्रवेशसँगै मैदानमा दर्शकले हुटिङ गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *