खेलकुद

ब्राजिल र क्रोएसियाबिचको खेल अतिरिक्त समयमा

काठमाडौं । विश्वकप फुटबलको पहिलो क्वाटरफाइनल खेलअन्तर्गत ब्राजिल र क्रोएसियाबीचको निर्धारित ९० मिनेटको खेल बराबरीमा सकिएको छ ।

एजुकेसन सिटी स्टेडियममा जारी खेलको निर्धारित समयमा ब्राजिल र क्रोएसियाले गोल गर्न सकेनन् । कुनै पनि टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा पुगेको छ ।

दुवै टोली जित निकाल्दै सेमिफाइनल पुग्ने योजनामा छन् । ब्राजिलले राउण्ड अफ १६ मा दक्षिण कोरियालाई हराएको थियो । साविक उपविजेता क्रोएसियाले जापानलाई हराएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *