खेलकुद

विश्वकप फुटबल : साविक विजेता फ्रान्सलाई ट्युनिसियाले हरायो

काठमाडौं । साविक विजेता फ्रान्स समूह चरणको अन्तिम खेलमा ट्युनिसयासँग १–० गोलअन्तरले पराजित भएको छ ।

ट्युनिसियासँग पराजित भएपनि फ्रान्स समूह ‘डी’ को विजेताकै रुपमा शिर्ष स्थानमा रहँदै अन्तिम १६ प्रवेश गरिसकेको छ ।

पहिलो हाफ गोलरहित सकिएपनि ट्युनिसियालाई जित दिलाउन ५८औं मिनेटमा कप्तान वाहबी खाज्रिले गोल गरे ।

छैठौं पटक विश्वकप खेलेको ट्युनिसियाले आजसम्म समूह चरण पार गर्न सकेको छैन ।

पहिलो खेलमा डेनमार्कसँग गोलरहित बराबरी खेलेको ट्युनिसिया दोस्रो खेलमा अस्ट्रेलियासँग १–० गोल अन्तरले पराजित भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *