काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा आयोजक कतारले दोस्रो पराजय भोगेको छ ।
सेनेगलसँग कतार ३–१ ले पराजित भएको हो । कतारको अल–थुमामा स्टेडियममा भएको खेलमा सेनेगलले कतारमाथि पहिलो हाफमा १ गोलको अग्रता लिएको थियो । खेलको ४१ औँ मिनेटमा सेनेगलका बोलाए दीयाले गोल गर्दै अग्रता दिलाए ।
खेलको दोस्रो हाफमा सेनेगलले अग्रता दोब्बर बनायो । खेलको ४८ औँ मिनेटमा फामेराह डेड्युओले सेनेगलका लागि दोस्रो गोल गरे।
दोस्रो हाफमा कतारका मोहम्मद मुन्तारीले ७८औं मिनेटमा हेड गर्दै शानदार गोल गरे । कतारले समूह चरणको अन्तिम खेलमा अब नेदरल्यान्डको सामना गर्नेछ ।




