काठमाडौं । पोर्चुगिज स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले प्रिमियर लिग क्लब म्यानचेष्टर युनाइटेड छाड्ने भएका छन् ।
रोनाल्डोसँगको सम्झौता आपसी समझदारीमा रद्द भएको भएको र उनले क्लब छाड्ने जनाइएको छ ।
पछिल्लो समय प्रशिक्षक एरिक टेन हागसँग सम्बन्ध राम्रो नहुँदा रोनाल्डोले क्लबमा पर्याप्त खेल्ने अवसर पाएका थिएनन् र भने उनको व्यहारले उनी विवादमा समेत तानिएका थिए ।
रोनाल्डो हाल कतारमा विश्वकप खेल्न पोर्चुगलको टिमसँगै कतारमा छन् ।




