काठमाडौं । फिफा विश्वकप फुटबलको आजको खेलमा बेलायत विजयी भएको छ । इरानलाई दुईका विरुद्ध ६ गोलले पाखा लगाउँदै बेलायत विजयी भएको हो ।
जुड बेलिङघम र बुकायो साकाले बेलायतलाई पहिलो हाफमा दुई शून्यको अग्रता दिलाएका थिए । ह्यारी केनको पासमा रहिम स्टर्लिङले अर्को गोल गरेर इरानलाई स्तब्ध पारे ।
दोस्रो हाफमा मार्कस रासफोर्ड, बुकायो साका र ज्याक ग्रेलिसले एक एक गोलको योगदान गरे । बेलायतका खेलाडीले आफूहरुलाई डी बक्सभित्र लडाएपछि पाएको पेनाल्टी प्रहारले इरानलाई लज्जास्पद पराजयबाट जोगायोे ।
इरानका खेलाडी मेधी तरेमीले खेलको अन्तिमतिर गरेको सफल पेनाल्टी प्रहार र अतिरिक्त समयमा गरेको अर्को गोलले इरान दुई गोल गर्न सफ बन्यो ।




