काठमाडौं । फिफा विश्वकप २०२२ मा आयोजक कतार उद्घाटन खेलमा पराजित भएको छ।
आइतबार राति भएको उद्घाटन खेलमा कतारलाई इक्वेडरले २–० गोलले हराएको हो ।
इक्वेडरका लगि दुवै गोल इनर भ्यालेन्सियाले गरे । उनले खेलको १६ मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरे । ३१ मिनेटमा उनले दोस्रो गोल गरे ।
समूह ‘ए’ को यो खेलमा जित हात पारेसँगै इक्वेइडरले तीन अंक जोड्न सफल भएको छ।
कतार पहिलो खेल गुमाउने आयोजकको खराब इतिहास बनाएको छ । विश्वकपमा सोमबार साँझ ६ः४५ मा इंग्ल्यान्ड र इरान खेल्नेछन् भने राति ९ः४५ मा सेनेगल र नेदरल्यान्ड्स प्रतिस्पर्धा गर्नेछन्।




