खेलकुद

एन्फाले आगामी आर्थिक वर्ष झण्डै ९५ करोड रुपैया आम्दानी गर्ने

काठमाडौं । अखिल नेपाल फुटबल संघको विशेष साधारण सभाले आगामी आर्थिक वर्षको बजेट र कार्यक्रमहरु पारित गरेको छ ।

बुधबार बसेको एन्फाको विषेश साधारणसभाले बजेट तथा कार्यक्रम पारित गरेको हो । आगामी आर्थिक वर्षका लागि ९४ करोड ८८ लाख ८८ हजार ५ सय ८८ अनुमानित आम्दानी र ९२ करोड ९१ लाख ८२ हजार ४ सय ७० अनुमानित खर्चलाई साधारण सभाले पारित गरेको हो ।

साधारणसभाले गत आर्थिक वर्षको आम्दानी २६ करोड ८३ लाख २१ हजार ९४ र खर्च ४० करोड ६७ लाख ६७ हजार ८ सय ४२ रूपैयाँलाई साधारण सभाले पारित गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *