खेलकुद

दोस्रो एकदिवसीयमा केन्यालाई हराउँदै नेपालले जित्यो श्रृंखला

काठमाडौं । केन्या विरुद्धको दोस्रो एकदिवसीयमा नेपाल १७ रन विजयी भएको छ ।

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा आज भएको खेललमा नेपालले केन्यालाई १७ रनले पराजित गर्दै श्रृखंला जितेको हो ।

नेपालले दिएको २३१ रनको लक्ष्य पछ्याएको घरेलु टोली केन्या २१३ रनमा अलआउट भयो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९ दशमलव २ ओभरमा सबै विकेट गुमाएर २३० रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ७८ रन बनाए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *