खेलकुद

एसिया कप क्रिकेट : पाकिस्तानले दियो भारतलाई १४८ रनको लक्ष्य

काठमाडौं । एसिया कपमा पाकिस्तानले भारतलाई रनको १४८ लक्ष्य दिएको छ ।

दुबईमा जारी खेलमा टस हारेर पहिला व्याटिङ गरेको पाकिस्तानले १९ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर १४७ रन बनाएको हो । खराब शुरुवात गरेको पाकिस्तानका लागि मोहम्मद रिजमानले सर्वाधिक ४३ रन बनाए । कप्तान बाबर अजम भने १० रनमा आउट भए ।

भारतका लागि भुवनेश्वर कुमारले ४ विकेट लिदा हार्दिक पाण्डे एक्लै तिन विकेट लिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *