काठमाडौं । केन्यामा जारी टी २० क्रिकेट प्रतियोगिताको तेस्रो खेलमा नेपाल विजयी भएको छ ।
नैरोवीस्थित जिमखान क्रिकेट स्टेडियममा भएको तेस्रो खेलमा नेपाल चार विकेटले विजयी भएको हो । १५७ रनको लक्ष्यसहित मैदान प्रवेश गरेको नेपाल चार विकेट गुमाउँदै लक्ष्य भेट्टाएको हो ।
केन्याले दिएको १५६ रनको लक्ष्य नेपालले १९ दशमलव ३ ओभर खेल्दै ६ विकेट गुमाएर १६० रन बनाउँदै पूरा गरेको हो । नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रन बनाए । अर्जुन साउदले ३५, रोहित कुमार पौडेलले २९ र पवन सर्राफले २० रन बनाए भने आदिल आलमले १६ रन बनाए ।
यसअघि भएको दुई खेलमा दुवै देशको टोलीले एक–एक खेलमा जित हात पारेका थिए ।




