खेलकुद

दोस्रो टी–२० मा नेपाल केन्यासँग पराजित

काठमाडौं । केन्या विरुद्धको दोस्रो टी–२० अन्तर्राष्ट्रियमा नेपाल १८ रनले पराजित भएको छ ।

शुक्रबार भएको खेलमा केन्याले दिएको १३३ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा ११४ रनमै अलआउट भएको हो ।

नेपालका लागि आरिफ शेखले सर्वाधिक २५ रन बनाउँदा रोहित पौडेल र आदिल आलमले २०–२० र पवन सर्राफले १९ रन बनाए ।

नैरोवीस्थित जिमखान क्रिकेट मैदान नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको गरेको केन्याले ९ विकेट गुमाएर १३२ रन बनाएको थियो ।

सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले ३–३ विकेट लिदा करण केसीले २ तथा पवन सर्राफले १ विकेट लिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *