खेलकुद

विश्वकप क्रिकेट खेल्ने राष्ट्रको संख्या बढ्यो, नेपालको सम्भावना समेत वलियो

काठमाडौं । सन् २०२४ को आइसीसी विश्वकप क्रिकेटमा नेपाल पनि छनोट हुनसक्ने सम्भावना बढेको छ ।

आइसिसीले सन् २०२४ को विश्वकपमा सहभागी राष्ट्रको संख्या बढाएसँगै नेपाल पनि छनोट हुने सम्भावना बढेको हो ।

वेस्ट इण्डिज र अमेरिकाले संयुक्त रुपमा आयोजना गर्ने विश्वकपमा २० राष्ट्रले सहभागिता जनाउनेछन् । नेपालले एशिया छनोटबाट विश्वकपको यात्रा तय गर्नुपर्ने देखिएको छ ।

एशिया छनोटमा सहभागी रहने नेपालसहित ५ राष्ट्रको टुङ्गो लागिसकेको छ । अन्य दुई देश भने टुंगो लागिसकेको छैन । आयोजकका रूपमा वेस्ट इण्डिज र अमेरिका भने सीधै विश्वकपका लागि छनोट भइसकेका छन् ।

यसवर्ष अस्ट्रेलियामा हुने विश्वकपका शीर्ष ८ टोली सिधै छनोट हुनेछन् । त्यसबाहेक एशिया, अफ्रिका र युरोप छनोटबाट २र२ तथा अमेरिकी र पूर्वी एशिया(प्यासिफिक छनोटबाट एक टोलीले विश्वकपमा स्थान बनाउने छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *