काठमाडौं । नेपाल क्रिकेट संघमाथि ६ वर्षअघि लागेको प्रतिवन्ध पुर्ण रुपमा फुकुवा भएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नेपाल क्रिकेट संघको आर्थिक नियन्त्रण पूर्ण रुपमा हटाएपछि क्यानमाथिको सम्पूर्ण निलम्बन फुकुवा भएको हो ।
आईसीसीले सन् २०१६ अप्रिलमा क्यानलाई निलम्बन गरेको थियो । २०७६ असोजमा चतुरबहादुर चन्द नेतृत्वमा नयाँ कार्यसमिति गठन भएपछि आईसीसीले क्यानमाथि लगाएको निलम्बन ससर्त फुकूवा गरेको थियो ।




