खेलकुद

आइपिएलमा चेन्नईको तेस्रो जीत, हैदरावाद पराजित

काठमाडौं । आइपिएलमा चेन्नई सुपर किङ्ग्यले सनराइजर्स हैदरावादलाई पराजित गरेको छ ।

आज भएको खेलमा चेन्नईले हैदरावादलाई १३ रनले पराजित गरेको हो । चेन्नइले दिएको २ सय ३ रनको लक्ष्य पछ्याएको हैदरावादले पुरै ओभर खेल्दै ६ विकेट गुमाएर १८९ रन मात्रै बनाउन सक्यो ।

विजयी चेन्नई ६ अंकसहित तालिकाको नवौं स्थानमा रहेको छ भने पराजित भएको हैदरावाद भने १० अंकसहित चौथो स्थानमा रहेको छ । यसअघि आजै भएको भएको अर्को खेलमा लखनउ सुपर जायन्ट्ससँग दिल्ली क्यापिटल्स ६ रनले पराजित भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *