काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले दी हन्ड्रेड क्रिकेट खेल्न नपाउने भएका छन् ।
दी हन्ड्रेड क्रिकेटको ड्राफ्टमा परेका सन्दिपलाई कुनै पनि टिमले बोली नलगाएपछि खेल्न नपाउने भएका हुन् ।
लण्डनमा मंगलबार आयोजित अक्सनमा ड्राफ्टमा रहेका सन्दीपलाई कुनैपनि टोली बोली नलगाएका हुन् । अघिल्लो सिजनमा ओभल इन्भिन्सिबलमा आवद्ध भएपनि भिसाको समस्याका कारण प्रतियोगिता खेल्न गएका थिएनन् ।




