काठमाडौं । मच्छिन्द्र फुटबल क्लब एएफसी कप २०२२ को प्रारम्भिक छनोटबाटै बाहिरिएको छ ।
दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्र क्लव श्रीलंकाको लिग विजेता ब्लू स्टारसँग २–१ गेल अन्तरले पराजित भएको हो । पराजित भएसँगै मच्छिन्द्र छनोटबाट बाहिरिएको हो ।
मच्छिन्द्रका लागि कप्तान सुजल श्रेष्ठले १ गोल गरेपनि जीतका लागि पर्याप्त हुन सकेन ।




