खेलकुद

पोल्याण्डले रुससँग विश्वकपको प्लेअफ खेल्न अस्वीकार

काठमाडौँ । पोल्याण्डले युक्रेनमा रुसको आक्रमणपछि आगामी मार्च २४ मा मस्कोमा हुने रुससँगको २०२२ को विश्वकप प्लेअफ नखेल्ने घोषणा गरेको छ ।

पोल्याण्ड फुटबल महासंघका अध्यक्ष सेजारी कुलेजले रुससँगको विश्वकप छनौटको प्लेअफ नखेल्ने बताएका छन् ।

उनले पोल्याण्डले चेक र स्वीडिश फुटबल महासंघसँग विश्वको प्रशासकीय निकाय फिफामा साझा स्थिति प्रस्तुत गर्न कुरा गरिरहेको बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *