काठमाडौं । आइसीसी विश्वकप छनौट प्रतियोगितामा सहभागी हुन नेपाली राष्ट्रिय क्रिकेट टोली ओमन प्रस्थान गरेको छ ।
आगामी नोभेम्बरमा अस्ट्रेलियामा हुने आईसीसी टी–२० विश्वकप छनोट खेलका लागि नेपाली टीम ओमान प्रस्थान गरेको हो ।
नेपाली टोलीलाई नेपाल क्रिकेट संघ र युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज लगायतले भर्चुअल बिदाइ गरेका थिए । ग्लोबल छनोट ‘ए’ मा नेपालसहित आयोजक ओमान, फिलिपिन्स, क्यानडा, युएई, बहराईन, आयरल्यान्ड र जर्मनी रहेका छन् ।
नेपालले आयरल्यान्ड, युएई र ओमानसँग मैत्रीपुर्ण सिरिज समेत खेल्दैछ । माघ २८ गते ओमनसँग २९ गने युएइसँग र फागुन २ गत आयरल्यान्डसँग मैत्रीपुर्ण सिरिज खेःने तय भएको छ ।




