काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) को नयाँ फ्रेन्चाइजी लखनउ र हैदरावादले आफ्ना ३-३ खेलाडी चयन गरेका छन् ।
आईपीएल २०२२ का लिगको नियम अनुसार नयाँ दुइ फ्रेन्चाइजीले ३-३ खेलाडी चयन गरेका हुन् ।
क्रिकइन्फोका अनुसार लखनउले केएल राहुल, मार्कस स्टोइनिस र रवी विश्नोईलाई चयन गरेको छ । लखनउले राहुललाई १५ करोडमा, स्टोइनिसलाई ११ करोडमा र विश्नोईलाई ४ करोडमा अनुबन्धन गर्न लागेको हो । रिपोर्टका अनुसार केएल राहुलले लखनउको कप्तानी समेत गर्ने छन् ।
त्यस्तै अर्को नयाँ फ्रेन्चाइजी अहमदाबादले पनि ३ खेलाडी चयन गरेको छ । अहमदाबादले हार्दिक पाण्ड्या र राशिद खानलाई १५–१५ करोड तथा शुभमन गिललाई ७ करोडमा किनेको छ । रिपोर्ट अनुसार अहमदावादले पाण्डेयलाई कप्तान बनाउदै छ ।
यो वर्षदेखि आइपिएलमा कुल १० टोलीको सहभागिता रहनेछ । गत महिना, फ्रेन्चाइजीहरूले आफुले रिटेन गरेका खेलाडीको सूची बुझाएका थिए । यसपटक आईपीएलमा मेगा अक्सन हुने हुनाले चार खेलाडी बाहेक अन्य खेलाडी अक्सनमा जनाए छन् । आइपिएलको अक्सन फेब्रुअरी १२ र १३ मा बैंगलोरमा हुदैछ ।




