काठमाडौं । नेपाल क्रिकेट संघ र असन्तुष्ट रहेका खेलाडीको तर्फबाट पूर्वकप्तान ज्ञानेन्द्र मल्लबीच छलफल भएको छ ।
खेलाडी वर्गीकरणका विषयमा मिडियामा बोलेको भन्दै क्यानले कारबाही गरेका ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, कमलसिंह ऐरीसँग वार्ता भएको हो ।
भोलिदेखि शुरु हुने बन्द प्रशिक्षणका लागि मल्लसहितका ११ खेलाडी होटल नपुगेपछि क्यानले पूर्वकप्तान मल्लसहितका खेलाडीहरुसँग वार्ता गरेको हो ।
वर्गीकरणमा असन्तुष्टि जनाएकै कारण क्यानले मल्लसहितका ४ जना खेलाडीलाई ६ महिना तलब नदिने निर्णय गरेको थियो ।
यस्तै ज्ञानेन्द्रलाई कप्तान र दीपेन्द्रलाई उपकप्तानबाट हटाएको थियो भने सन्दीप लामिछानेलाई कप्तान बनाउने निर्णय गरेको थियो।




