खेलकुद

यु–१९ एसिया कप क्रिकेटको उपाधि भारतले जित्यो

काठमाडौं । भारतले यु–१९ क्रिकेटको एसिया कपको उपाधि जितेको छ ।

श्रीलंकामाथि सानदार जितसहित भारतले यु–१९ एसिया कप क्रिकेटको उपाधि जितेको हो । दुबईमा सम्पन्न फाइनलमा भारतले श्रीलंकालाई नौ विकेटले पराजित गरेको हो ।

वर्षाका कारण ३८ ओभरमा घटाइएको खेलमा श्रीलंकाले नौ विकेट गुमाएर १०६ रनब नाएको थियो । वर्षापछि डिएलएस मेथडअनुसार सुरुआतमा भारतले ९९ रनको लक्ष्य पाएको थियो । तर दोस्रोपटक लक्ष्य परिवर्तन भएपछि भारतले जितका लागि ३२ ओभरमा १०२ बनाउनुपर्ने भयो ।

भारतले २१ दशमलव ३ ओभरमा एक विकेट गुमाएर पूरा गरेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *