काठमाडौं । जारी विश्वकप क्रिकेट प्रतियोगिताबाट भारत बाहिरिएको छ ।
आज भएको अफगानिस्तान र न्युजिल्याण्डबिचको खेलमा अफगानिस्तान पराजित भएपछि भारत बाहिरिएको हो । आजको खेलमा न्युजील्याण्ड पराजित भएको भए भारत सेमिफाइनलमा पुग्ने सम्भावना थियो । तर न्युजील्याण्ड विजयी भएपछि भारतको सेमिफाइनलको यात्रा समाप्त भएको हो ।
अफगानिस्तानले दिएको १ सय २४ रनको लक्ष्य न्युजील्याण्डले १८ दशशमलव एक ओभरमा पुरा गरेको हो । न्युजील्याण्डका मार्टिन गुप्तिलले २८ रनको योगदान गरे भने कप्तान केन विलियम्सनले नटआउट ४० रन बनाए ।




