खेलकुद

विश्वकप क्रिकेट : भारतको उत्कृष्ट पुनरागमन, स्कटल्याण्ड ८ विकेटले पराजित

काठमाडौं जारी विश्वकप क्रिकेटअन्तर्गत आज भएको खेलमा भारत विजयी भएको छ ।

स्कटल्याण्डलाई ८ विकेटले हरउाँदै भारत विजयी भएको हो । स्कटल्याण्डले दिएको ८५ रनको सामान्य लक्ष्य भारतले ६ दशमलव ३ ओभरमा दुई विकेट गुमाएर पुरा गरेको हो । भारतका लागि केएल राहुलले ५० रनको योगदान गरे । त्यस्तै रोहित शर्मा ३० रनमा आउट भए भने कप्तान विराट कोहली एक रन र सूर्यकुमार यादव ६ रनमा अविजित रहे ।

त्यसअघि पहिला व्याटिङ गरेको स्कटल्याण्डलाई भारतले १७ दशमलव ४ ओभरमै अलआउट गरेको थियो । स्कटल्याण्डले ८५ रन मात्रै बनाउन सकेको हो । भारतका लागि मोहम्मद सामी एक्लैले ह्याट्रिक गर्दै तिन विकेट लिए । त्यस्तै जसप्रित बुमराहले २ विकेट लिए भने रविन्द्र जडेजाले ३ विकेट लिए । रचिन्द्रन आश्विनले एक विकेट लिए ।

स्कटल्याण्डका लागि जर्ज मुन्सेले २४ रन बनाए भने माइकल लिन्स्कले २१ रन, मार्क वाटले १४ रन, कलुम म्याकलण्डले १६ रन बनाए । आजको खेलमा भारत अन्तरले विजयी हुँदा सेमिफाइनलमा पुग्ने झिनो सम्भावना समेत रहनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *