खेलकुद

प्रशिक्षक अल्मुताइरीसँग तीन वर्षको सम्झौता

काठमाडौँ । राष्ट्रिय फूटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले तीन वर्षको सम्झौता गरेका छन् ।

मुख्य प्रशिक्षक अल्मुताइरीले अखिल नेपाल फूटबल संघ (एन्फा)सँग मंगलबार तीन वर्षका लागि सम्झौता गरेको राष्ट्रिय टिमका व्यवस्थापक मधुसुदन उपाध्यायले जानकारी दिएका छन् । अब अल्मुताइरी सन् २०२४ सम्म नेपाली राष्ट्रिय टोलीको जिम्मेवारी सम्हाल्नेछन् ।

उनी एक वर्ष अघि मुख्य प्रशिक्षक नियुक्त भएका थिए । तर, एन्फा पदाधिकारीसँगको विवादका कारण जिम्मेवारी छाड्ने घोषणा गरेका थिए ।

गत महीना मालदिभ्समा भएको साफ च्याम्पियनसिपको फाइनल खेल नै आफ्नो अन्तिम खेल हुने बताएका अल्मुताइरीले एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पासँगको छलफलपछि उनी आइतबार नेपाल फर्किएका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *