काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को टि-२० नेपालले वरियता सुधार गरेको छ । नयाँ सार्वजनिक वरियताअनुसार नेपालले एक स्थान सुधार गरेको हो । यससँगै नेपाल १३ औं स्थानमा उक्लिएको छ ।
नेपालको ३५५६ अंक र १८७ रेटिङ रहेको छ । यसअघि अक्टोबर २६ तारिखमा आईसीसीले सार्वजनिक गरेको वरीयतामा नेपाल १४ औँ स्थानमा रहेको थियो ।
वरियताको शिर्षस्थानमा इंग्ल्याण्ड रहेको छ । क्रमश: पाकिस्तान, भारत, न्युजिल्याण्ड र दक्षिण अफ्रिका दोस्राे, तेस्रो, चौथो र पाँचौँ स्थानमा रहेका छन् ।




