काठमाडौं । नेपाल क्रिकेट संघले राष्ट्रिय टिमको मुख्य प्रशिक्षकका लागि दरखास्त आवेदन आह्वान गरेको छ ।
राष्ट्रिय टिमको मुख्य प्रशिक्षकका लागि क्यानले आज आवेदन आह्वान गरेको हो । यसअघिका मुख्य प्रशिक्षक डेव ह्वाटमोरले राजीनामा दिएपछि अहिले नेपाली राष्ट्रिय टिम प्रशिक्षकविहिन अबस्थामा रहेको छ ।
नेपाली क्रिकेट र यसको संरचना बुझेको, आइसीसीले मान्यता दिएको टीमको प्रशिक्षक रहेका लगाएतका सर्त राख्दै क्यानले दरखास्त आह्वान गरेको हो ।




