काठमाडौँ । आइसीसी टी-२० विश्वकप अन्तर्गत वेस्टइन्डिजले बंगलादेशलाई १४३ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको वेस्टइन्डिजले २० ओभरमा ७ विकेट गुमाएर १४२ रन बनाएको हो ।
वेस्टइन्डिजका लागि निकोलस पुरनले सर्बाधिक ४० रन बनाए भने रोस्टन चेजले ३९ रन बनाएका थिए । त्यस्तैजासन होल्डरले १५ र् कप्तान केरन पोलार्डले १४ रन बनाएका थिए ।
त्यस्तै क्रिस गेलले ४, एवीन लुइसले ६, शिमरोन हेटमायरले ९, ड्वाने ब्राभोले १ र् आन्द्रे रसेल शुन्यमा आउट भएका थिए ।
त्यसैगरी बंगलादेशका बलर मेहदी हसन, मुस्ताफिजुर रहमान र शोर्फुल इस्लामले २-२ विकेट लिएका थिए ।
वेस्टइन्डिज र बंगलादेश दुवैले यस अघिका आफ्ना दुवै खेलमा हर बेहोरेकाले दुवैका लागि यो खेलमा जित अत्यावश्यक रहेको छ ।




