काठमाडौं । टि–२० विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा नामिविया विजयी भएको छ । दुबईको आवुधावीमा भएको खेलमा नामिवियाले स्कटल्याण्डलाई ४ विकेटले पराजित गरेको हो ।
स्कटल्याण्डले दिएको १ सय १० रनको लक्ष्य नामिवियाले ५ बल बाँकी रहँदै ६ विकेट गुमाएर भेटाएको हो । नामिवियाका लागि जेजे स्मिटले सर्वाधिक ३२ रन बनाए । विलियम्सले २३ रन बनाए भने डेविडले १६ रन बनाए ।
त्यसअघि स्कटल्याण्डका लागि माइकल लिस्कले सर्वाधिक ४४ रन बनाए । क्रिस ग्रिव्सले २५ रन बनाए । जीतसँगै नामिविया समुह दुईको तेस्रो स्थानमा पुगेको छ भने स्कटल्याण्ड भने समुहको पुछारमा रहेको छ ।




