काठमाडौं । टि–२० विश्वकप क्रिकेटअन्तर्गत आज भएको खेलमा अफगानिस्तान विजयी भएको छ ।
अफगानिस्तानले दिएको १९१ रनको लक्ष्य पछ्याएको स्कटल्याण्डले १० दशमलव २ ओभरमा सबै विकेट गुमाएर ६० रन मात्रै बनाउनसक्यो । स्कटल्याण्डलाई सस्तैमा समेट्न अफगानिस्तानका मुजीब अल रहमान एक्लैले ५ विकेट लिए भने रसिद खानले ४ विकेट लिए ।
स्कटल्याण्डलाई १३० रनले पराजित गर्दै अफगानिस्तान विजयी भएको हो । टस जितेर व्याटिङ शुरु गरेको अफगानिस्ताले टि–२० इन्टरनेशनलको आफ्नै इतिहासमा सर्वाधिक १ सय ९० रन बनायो । अफगानिस्तानका लागि नजिबुल्लाह जडरानले सर्वाधिक ५९ रन बनाए । त्यस्तै रहमानउल्लाह गुर्वाजले ४६ रन बनाए भने हजरालुल्लाहले ४४ रन बनाए ।
१ सय ९१ रनको विजयी लक्ष्यसहित मैदान प्रवेश गरेको स्कटल्याण्डबम ४ जना व्याट्सम्यान शुन्य रनमा आउट भए । स्कटल्याण्डका लागि जर्ज मन्सेले २५ रन बनाउनुबाहेक अन्य व्याट्सम्यानको प्रदर्शन फितलो बन्यो ।




