काठमाडौं । स्पेनिस ला लिगाको पहिलो एल क्लासिकोमा रियल मड्रिड विजयी भएको छ ।
बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा रियल बार्सिलोनालाई २–१ गोल अन्तरले पराजित गर्दै ला लिगाको शीर्षस्थानमा उक्लिएको हो ।
रियलको जितमा डेभिड अलावा र लुकास भास्क्वेइजले एक एक गोल गरे । बार्सिलोनाको लागि सर्जियो अग्वुईरोले एक गोल गरे । जितसँगै रियल ९ खेलबाट २० अंक सहित शीर्षस्थानमा उक्लिएको छ ।




