काठमाडौं । पाकिस्तानले भारतविरुद्ध हुने टी–२० विश्वकप क्रिकेटका लागि टोलीको घोषणा गरेको छ ।
आइतबार हुने भारत र पाकिस्तानबिचको खेलका लागि बाबर आजमको कप्तानीमा पाकिस्तानले १२ खेलाडी घोषणा गरेको हो ।
टोलीमा आजमसहित मोहम्मद रिजवान, फखर जमान, मोहम्मद हफीज, शोएब मलिक, आसिफ अली, इमाद वसीम, शादाब खान, शाहीन अफ्रिदी, हसन अली, हरीस रऊफ र हैदर अली रहेका छन् ।
हालसम्म भारत र पाकिस्तानका बिचमा टी–२० को ५ खेल भएका छन् । दुई देशका बिचमा भएका सबै खेलमा भारत विजयी भएको छ ।
भारतको टोलीको घोषणा आइतबार हुनेछ । विराट कोहलीको कप्तानीमा टोली घोषणा हुनेछ । भारत र पाकिस्तान आइसीसीले आयोजना गर्ने खेलमा मात्रै आमनेसामने हुने गरेका छन् ।




