काठमाडौं । विश्वकप टी–२० अन्तरगत समूह १ को दोस्रो खेलमा इंग्ल्याण्ड ६ विकेटले विजयी भएको छ ।
वेस्ट इन्डिजले दिएको ५५ रनको झिनो लक्ष्य इंग्ल्याण्डले ४ विकेटको क्षतिमा ८ दशमलव २ ओभरमा भेटाएको हो । ५५ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डका लागि जोस बटलरले सर्वाधिक २४ रन बनाए । जेसन रोएले ११ रन बनाउँदा मोइन अलि भने १ रनमा आउट भए ।
त्यसअघि १४ दशमलव २ ओभरमा वेस्ट इन्डिजले ५५ न मात्रै बनाउन सक्यो ।
इंग्ल्याण्डका आदिल रसिदले घातक वलिङ गरे । उनले २ दशमलव २ ओभरमा २ रन मात्रै दिएर ४ विकेट लिए । वेस्ट इन्डिजका लागि क्रिस गेलले सर्वाधिक १३ रन बनाए । द्वाने ब्राभो समेत ५ रनमा आउट भए ।




