खेलकुद

टी–२० विश्वकप : अष्ट्रेलियाको विजयी शुरुवात

काठमाडौं । टी–२० विश्वकप अन्तरगत सुपर १२ को पहिलो खेलमा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई ५ विकेटले पराजित गरेको छ । दक्षिण अफ्रिकाले दिएको १ सय १९ रनको लक्ष्य अस्ट्रेलियाले ५ विकेटको क्षतिमा १९ दशमलव ४ ओभरमा ५ विकेट गुमाउँदै पुरा गरेको हो ।

अष्ट्रेलियाका लागि मार्कस स्टोइनिसले २४ र म्याथ्यु वेडले १५ रन बनाए । त्यस्तै स्टिभ स्मिथले ३५ रन बनाए भने ग्लेन म्याक्सवेलले १८ रन बनाए ।

दक्षिण अफ्रिकाका लागि एडेन माक्रमले सर्वाधिक ४० रन र कागिसो रबाडा १९ रनमा अविजित रहे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *