काठमाडौँ । नेपाली यु–२३ फुटबल टोली इण्डोनेसियासँग पराजित भएको छ ।
ताजकिस्तानमा भएको मैत्रीपूर्ण खेलमा नेपालको यू– २३ टोली इण्डोनेसियाको यू– २३ टोलीसँग २–० गोल अन्तरले पराजित भएको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको भएपनि दोस्रो हाफमा भने इण्डोनेसियाले २ गोल गरेको थियो ।
एएफसी यू–२३ एसियन कप छनोट प्रतियोगिताअघि तयारी स्वरूप इण्डोनेसियासँग खेलेको हो । नेपालले एएफसी एसियन कप छनोटमा समूह ‘बी’मा रहेका बलिया टोली इरान, लेबनान र ताजकिस्तानको सामना गर्नेछ ।




