काठमाडौं ।साफ च्याम्पियनसिपको १३ औं संस्करणको फाइलन खेलमा अहिले नेपाल र भारतबीच प्रतिस्पर्धा भईरहेको छ । माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा जारी पहिलो हाफ सकिँदा नेपाल र भारतले गोलरहित बराबरी खेलेका हुन् ।
दुबै टोलीले गोलका केहि अवसर बनाएपनि सदुपयोग गर्न सकेनन् । फाइनल खेलमा दुबै टोलीले आक्रामक खेल खेलेका छन् ।
नेपाली टोली –
गोलरक्षक – किरण कुमार लिम्बु (कप्तान)
डिफेन्डर – गौतम श्रेष्ठ, अनन्त तामाङ, दिनेश राजबंशी, सुमन अर्याल
मिडफिल्डर– पुजन उपरकोटी, रोहित चन्द, तेज तामाङ
स्ट्राइकर – सुमन लामा, सुजल श्रेष्ठ, नवयुग श्रेष्ठ




