काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले टि–द्वान्टी विश्वकपको पुरस्कार राशी घोषणा गरेको छ ।
आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको विजेताले १ दशमलव ६ मिलियन अमेरिकी डलर पुरस्कार पाउने आईसीसीले घोषणा गरेको हो ।
घोषणअनुसार विजेताले १ दशमलव ६ मिलियन पाउँदा उपविजेताले ८ लाख अमेरिकी डलर र सेमिफाइनल पुग्ने टोलीले ४ लाख अमेरिकी डलर पाउने छन् ।
त्यसबाहेक सुपर–१२ का खेलमा हरेक जितमा बोसन बापत ४० हजार डलर, पहिलो चरणको कुल १२ खेलमा विजेताले ४० हजार डलर र सुपर १२ बाट बाहिरिने ८ टोलीले समान ७० हजार डलर प्राप्त गर्नेछन् ।
पहिलो चरणबाट बाहिरिने चार टोलीले समान ४० हजार रुपैयाँ प्राप्त गर्नेछन् । टी–ट्वान्टी विश्वकप युएई र ओमानमा अक्टोबर १७ देखि नोभेम्बर १४ सम्म हुँदैछ ।




