काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले भारतविरुद्धको खेल कठिन हुने भन्दै नेपालले जित्ने सम्भावना कम रहेको बताएका छन् ।
साफ च्याम्पियसनसिपअन्तर्गत भारतसँगको खेल शुरु हुनु पहिलो दिन प्रशिक्षक आल्मुताइरीले भारतविरुद्धको भने,‘हाम्रा लागि भोलिको खेल निकै कठिन छ । भारत यस क्षेत्रकै उत्कृष्ट टिम हो । र, उनीहरू सात पटकका च्याम्पियन पनि हुन् ।’
भारतविरुद्धको खेल निकै कठिन हुने भन्दै उनले भने,‘९५ प्रतिशत भारतले जित्ने, ४ प्रतिशत बराबरी हुने र १ प्रतिशत नेपालले जित्ने सम्भावना छ ।’
यसअघि माल्दिभ्ससँगको खेलपूर्वको पत्रकार सम्मेलनमा समेत उनले भाल्दिभ्सका खेलाडीहरुलाई रेडकार्ड खुवाउने घोषणा गरेका थिए ।




