काठमाडौं । आइपीएलअन्तर्गत आज भएको पहिलो खेलमा रोयल च्यालेञ्जर्स वैगलोर विजयी भएको छ ।
दिल्ली क्यापिटल्सलाई ७ विकेटले पराजित गर्दै वैगलोर विजयी भएको हो । दिल्लीले दिएको १ सय ६५ रनको लक्ष्य वैगलोरले ३ विकेटको क्षतिमा पुरै ओभर खेल्दै पुरा गरेको हो । वैगलोरका लागि श्रीकर भारतले सर्वाधिक ७८ रन जोडे ।
कप्तान विराट कोहली ४ रनमा आउट हुँदा अर्का ओपनर देवदत्त पडिक्कल शुन्य रनमा आउट भए । ग्लेन म्याक्सवेलले समेत ५१ रन जोडे । त्यसअघि दिल्लीका लागि र्पथ्वी शाहले ४८ रनको योगदान गरे भने शिखर धवनले ४३ रनको योगदान गरे । पराजित भएपनि दिल्ली भने अंकतालिकाको शिर्ष स्थानमै रहेको छ ।




