खेलकुद

फुटसल लिगको उपाधि स्पोर्ट्स क्यासललाई

पोखरा । राष्ट्रिय ए डिभिजन फुटसल लिगको उपाधि स्पोर्ट्स क्यासल पोखराले जितेको छ ।

पोखराको कभर्डहलमा भएको फाइनल खेलमा शंखमुल फुटसललाई ४-२ गोल अन्तरले पराजित गर्दै स्पोर्ट्स क्यासलले पहिलो संस्करणको उपाधि जितेको हो ।

स्पोर्ट्स क्यासललाई उपाधि दिलाउन किशोर गुरुङले ह्याट्रिक गोल गरे । विजय गुरुङको नाममा एक गोल रह्यो ।

संखमुलका लक्ष्मण थापा मगर र मणि लामाले एक एक गोल फर्काए ।

उपाधिसँगै स्पोर्ट्स क्यासलले नगद १० लाख प्राप्त गरेको छ । उपविजेता बनेको संखमुलले ५ लाख प्राप्त गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *