खेलकुद

आइपीएल : कोलकता विजयी, प्लेअफमा पुग्न मुम्बईको नतिजाको भर

काठमाडौं । आइपीएलअन्तर्गत आजको खेलमा कोलकता नाइट राइडर्स विजयी भएको छ ।

राजस्थान रोयल्सलाई ८६ रनले हराउँदै कोलकता विजयी भएको हो । कोलकताले दिएको १ सय ७२ रनको लक्ष्य पछ्याएको राजस्थानले १६ दशमलव १ ओभरमा सबै विकेट गुमाएर ८५ रन मात्रै बनाउन सक्यो ।

कोलकताका शुभम माभीले ४ विकेट लिए । राजस्थानका ४ जना व्याट्सम्याहरु शुन्य रनमा आउट भए । कप्तान सञ्जु सामसन एक रनमा आउट हुँदा राहुल टेवतियाले भने सर्वाधिक ४४ रन बनाए । कोलकताले आजको खेलमा जीत निकालेको भएपनि भोलि हुने खेलमा मुम्बई इन्डियन्सको नतिजापछि प्लेअफमा जाने टिमको टुंगो लाग्नेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *