खेलकुद

प्रशान्तविक्रम मल्ले पाए क्यान सचिवको जिम्मेवारी

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सचिवमा प्रशान्तविक्रम मल्ललाई नियुक्त गरेको छ । निवर्तमान सचिव अशोकनाथ प्याकुर्‍यालले पदबाट राजीनामा दिएपछि क्यानले सो पदमा मल्ललाई नियुक्त गरेको हो ।

क्यानको बुधबार र बिहीबार बसेको केन्द्रीय समितिको बैठकले अशोकनाथसँगै उपाध्यक्ष राजुबाबु श्रेष्ठको राजीनामा स्वीकृत गर्दै सचिवमा मल्ललाई नियुक्त गरेको हो ।

यस्तै, क्यानले डिसेम्बर २५ मा साधारणसभा गर्ने निर्णय गरेको छ ।क्यानको बैठकले कर्णाली प्रदेशमा प्रदेश मातहत न्यूनतम चार जिल्ला हुनुपर्ने वैधानिकअनुसार कालीकोट, सल्यान, दैलेख र रुकुम पश्चिमलाई मान्यता दिने भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *