खेलकुद

आइपीएल : सनराइजर्ससँग वैगलोर ४ रनले पराजित

काठमाडौं । आइपीएलअन्तर्गतको आजको खेलमा सनराइजर्स हैदरावाद विजयी भएको छ ।

विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेञ्जर्स वैगलोरलाई हैदरावादले ४ रनले पराजित गरेको हो । हैदरावादले दिएको १ सय ४२ रनको लक्ष्यसहित मैदान प्रवेश गरेको वैगलोरले पुरै ओभर खेलेर ६ विकेट गुमाउँदै १ सय ३७ रन मात्रै बनाउन सक्यो ।

वैगलोरका लागि कोहलीले ५ रन बनाएर आउट भए । देवदत्त पडिक्लले ४१ र ग्लेन म्याक्सवेलले ४० रन बनाएपनि अन्य व्याट्सम्यानहरु चल्न सकेनन् । वैगलोरलाई पराजित गरेपनि हैदरावादको प्लेअफमा पुग्ने सम्भावना भने सकिइसकेको छ । प्लेअफमा पुगिसकेको वैगलोर पराजित भएपनि तालिकाको तेस्रो स्थानमा रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *