खेलकुद

आइपीएल : राजस्थान रोयल्स पराजित, मुम्बई ८ विकेटले विजयी

काठमाडौं । आइपीएलअन्तर्गत आजको खेलमा मुम्बई इन्डियन्स विजयी भएको छ ।

राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गर्दै मुम्बई विजयी भएको हो । राजस्थानले दिएको ९१ रनको लक्ष्य मुम्बईले २ विकेट गुमाएर ७० बल बाँकी रहँदै भेटायो । मुम्बइका लागि इशान किसानले अर्धसतकीय पारी खेले । कप्तान रोहित शर्मा २२ ह।न मा आउट भए । सूर्यकुमार यादव १३ रनमा आउट भए ।

त्यसअघि राजस्थानका लागि कप्तान सञ्जु सामसन ३ रनमा आउट भए भने ४ जना व्याट्सम्यानले मात्रै दोहोरो रन जोड्न सके । जीतसँगै मुम्बई अंकतालिकाको पाँचौं स्थानमा रहेको छ भने राजस्थान भने तालिकाको सातौं स्थानमा रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *