काठमाडौं । आइपीएल अन्तर्गत आज भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ ।
दिल्लीले अंकतालिकाको शिर्ष स्थानमा रहेको चेन्नइ सुपरकिङ्सलाई ३ विकेटले पराजित गरेको हो । चेन्नइले दिएको १ सय ३७ रनको लक्ष्य दिल्लीले १९ दशमलव ४ ओभरमा ७ विकेट गुमाएर भेटाएको हो ।
दिल्लीका लागि शिखर धवनले सर्वाधिक ३९ रन बनाए भने श्रीमोन हेट्मायरले २८ रन बनाए । चेन्नइलाई पराजित गरेसँगै दिल्ली तालिकाका शिर्ष स्थानमा उक्लिएको छ ।




