काठमाडौं । नेपाली फुटबल राष्ट्रिय टीमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पहेलो कार्ड व्यहोरेका छन् ।
माल्दिभ्समा जारी नेपाल र श्रीलंकाबिचको खेलका क्रममा प्रशिक्षक अल्मुताइरीलाई रेफ्रीले पहेंलो कार्ड दिएका हुन् ।
डिबक्स एरियानजिकै श्रीलंकन खेलाडीलाई फ्रीकिकको अवसर दिएको विषयमा असन्तुष्टि जनाउँदै अल्मुताइरीले रेफ्रीको निर्णयको विरोध गरेका कारण उनलाई कार्ड दिएका हुन् ।




