काठमाडौं । एभरेष्ट प्रिमियर लिग (इपिलए)मा चितवन टाइगर्सले भैरहवा ग्ल्याडियटर्सलाई १६५ रनको लक्ष्य दिएको छ । टियु मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको चितवनले पुरा ओभर खेल्दै ८ विकेट गुमाएर १६४ रन बनाएको हो ।
चितवनका लागि करिम जन्नतले सर्वाधिक ३५ रन जोडे । ओपनर मोहम्मद शाहजादले ३२ रन जोड्दा अर्का ओपनर खडक बोहरा भने १ रनमै आउट भए ।
यस्तै, भीम सार्की र देव खनालले क्रमश १६ र ५ रन बनाए । शेकुगे प्रसन्नाले २४, राजेश पुलामी मगरले १४ रन जोडे । कमलसिंह ऐरीले ७ रन बनाउँदा कप्तान दीलिप नाथ १३ रन जोडे । गौतम केसी नट आउट रहे ।
भैरहवाका लागि अभिनाश बोहराले तीन विकेट लिँदा कुशल मल्लले दुई विकेट लिए । धाम्मिका प्रसाद, कृष्ण कार्की र दुर्गेश गुप्ताको नाममा समान एक एक विकेट रह्यो ।




