खेलकुद

घरेलु मैदानमा बायर्नलाई सिजनको पहिलो हार

काठमाडौं । जर्मन बुन्डेसलिगामा शीर्ष स्थानको बायर्न म्युनिखले सिजनको पहिलो हार ब्यहोरेको छ ।

आइतबार राति भएकाे खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा घरेलु टोली बायर्न फ्रान्कफुर्टसँग २-१ गोल अन्तरले स्तब्ध भएको हो । भ्रमणमा रहेकाे टोली फ्रान्कफुर्टको जितमा मार्टिन हिनटेरेगेर र फिलिप कोस्टिकले १/१ गोल गरे । बायर्नका लियोन गोरेट्जकाले सान्त्वना गोल गरे ।

हारका बाबजुद बायर्न ७ खेलबाट १६ अंकसहित शीर्ष स्थानमा छ । १६ अंक नै रहेपनि बायर लिभरकुसन गोलअन्तरमा दोस्रो स्थानमा छ । फ्रान्कफुर्ट ८ अंक जोडेर १३औँ स्थानमा छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *