काठमाडौं । आइपीएलअन्तर्गतको आजको दोस्रो खेलमा कोलकता नाइटराइडर्स विजयी भएको छ । सनइराजर्स हैदारावादले दिएको ११६ रनको लक्ष्य कोलकताले १९ दशमलव ४ ओभरमा ४ विकेट गुमाएर पुरा गरेको हो । कोलकताले हैदरावादलाई ६ विकेटले पराजित गरेको हो ।
हैदरावादका लागि विलियम्सन केनले सर्वाधिक २६ रन बनाए भने ऋद्धिमान शाह शुन्य रनमा आउट भए । कोलकताका लागि भने शुभम गिलले ५७ रनको योगदान गरे भने नतिश रानाले २५ र दिनेश कार्तिकले अविजित १८ रन बनाए । कप्तान इवोइन मोर्गान २ रनमा नटआउट रहे ।
४ अंकसहित तालिकाको पुछारमा रहेका हैदरावाद प्लेअफमा नपुग्ने निश्चित भइसकेको छ भने जीतपछि कोलकता भने प्लेअफमा पुग्ने सम्भावनालाई कायमै राखेको छ । यसअघि चेन्नर्इ सुपर किङ्ग्स, दिल्ली क्यापिटल र रोयल च्यालेञ्जर्स वैगालोर प्लेअफमा पुगिसकेका छन् । भने अब मुम्बई इन्डियन्स, कोलकता नाइट राइडर्स, पञ्जाव किङ्ग्स र राजस्थान रोयल्समध्ये एउटा टिम मात्रै प्लेअफमा स्थान बनाउनेछ ।




