खेलकुद

आइपीएल : वैगलोर प्लेअफमा पुग्यो, पञ्जाव ६ रनले पराजित

काठमाडौं । आइपीएलअन्तर्गतको आजको पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले पञ्जाब किंग्सलाई ६ रनले पराजित गरेको छ ।

जीतसँगै बेंगलोरले प्लेअफमा पुगेको छ । १२ खेलबाट १६ अंकसहित तेस्रो स्थानमा रहेको बैंगलोरको जीतका लागि ग्लेन म्याक्सबेलले ब्याटिङ र युजभेन्द्र चाहालले बलिङमा उत्कृष्ट प्रदर्शन गरेका छन् ।

वैगालेरबाहेक चेन्नाई सुपर किंग्स र दिल्ली क्यापिटल्स प्लेअफ पुगिसकेका छन् । बैंगलोरले दिएको १६५ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ६ विकेट गुमाएर १५८ रन मात्र बनाउन सक्यो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *